गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजान्छौं: रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने बनाएका छन्।
नेपाल तरुण दल, तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै पौडेलले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताए। “हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौं,” पौडेलले भने।
गठबन्धनमा रहेर आगामी चुनाव लड्दा कांग्रेसलाई पनि फाइदा हुने उनको भनाइ थियो। उनले भने, “जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्छ।”
यससँगै उनले कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिए। “कांग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिन्छ,” उनले भने।
यसका लागि युवाको भूमिका महत्त्पूर्ण हुने उनको भनाइ थियो। “नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवा लाग्नुपर्छ,” पौडेलले भने।