तनहुँको दमौलीमा आगलागी
तनहुँको व्यास नगरपालिका-४ दमौलीस्थित मुख्य चोकमा आगलागी भएको छ।
आज बिहान हार्डवेयर पसलको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
दमकलको सहायताले स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागीको कारण पत्ता लाग्न सकेको छैन।