एक लाख नाघ्यो सुनको मूल्य
केही दिनयता उकालो लागेको सुनको मूल्य आज एक लाख नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रति तोला एक लाख एक हजार नौ सयमा रुपैयाँमा कारोबार भइरहेको छ। आज एकै दिन दुई हजार रुपैयाँले बढेको हो। अघिल्लो दिन प्रति तोला ९९ हजार नौ सयमा कारोबार भएको भएको थियो।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रति तोला एक लाख एक हजार ४०० पुगेको छ। शुक्रबार प्रति तोला ९९ हजार चार सयमा कारोबार भएको थियो।
महासंघका अनुसार, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ ले बढेर एक हजार ४१५ रुपैयाँ पुगेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
विश्व बजारमा सुनचाँदीको मूल्य बढे अनुसार नै आज नेपाली बजारमा पनि मूल्यमा प्रभाव परेको महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए। आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रति औंस एक हजार ९७० डलर आसपास कारोबार भइरहेको छ।