एमसीसीका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणालाई एमसीसीको अङ्ग बन्ने गरी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
एकीकृत समाजवादीको स्थायी समिति बैठकले केही शर्त सहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले बताए।
“व्याख्यात्मक घोषणा मार्फत प्रष्ट र ठोस रूपमा सम्बोधन गर्ने र उक्त व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग अनिवार्य रूपमा बन्ने गरी मात्र एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ,” उपमहासचिव तुलाधरले भने।