एमसीसीबारे निर्क्योल गर्न गठबन्धनका नेता छलफलमा
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने विषयमा निर्णय गर्न सत्तारूढ गठबन्धनका नेता छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका नेता छलफलमा जुटेका हुन्। सत्तारूढ गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका नेता भने सहभागी छैनन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
शनिबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा कल्प प्रस्तावसहित एमसीसी सम्झौता पारित गर्ने सहमति बनेको थियो। त्यसै विषयमा निर्णय गर्न बैठक बसेको जनाइएको छ।
आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका विषयमा उत्पन्न विवाद टुंगो लगाउने प्रयास गरिरहेको छ।