पृथ्वीनारायण शाहको दिव्योपदेशलाई कमल थापाको पार्टीले मार्गदर्शक सिद्धान्त मान्ने
कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्त मान्ने भएको छ।
काठमाडौंमा आइतबार बसेको राप्रपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले पृथ्वीनारायण शाहलाई आदर्श पुरुष र दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेको अध्यक्ष थापाले जानकारी दिए।
बैठकले पारित गरेको घोषणापत्रमा सनातन वैदिक मूल्य-मान्यता र चिन्तनमा आधारित ‘संवर्द्धनवाद’ पार्टीको वैचारिक दर्शन हुने उल्लेख छ। थापाका अनुसार, धर्मनिरपेक्षता खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरूप र संरचनालाई परिवर्तन गर्नुपर्ने निर्णय गरिएको छ।
गत मंसीरमा राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले आफ्नो पुरानो पार्टी राप्रपा नेपाल ब्युँताएका हुन्।