नेपाल सहित ८ देशको उडान हङकङमा प्रतिबन्ध
कोभिड–१९ को प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपाल सहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन्।
हङकङका लागि उडानहरू ९० प्रतिशतभन्दा कम छ। र, त्यहाँ जानको लागि कुनैपनि ट्रान्जिट प्रयोग गर्न अनुमती छैन।