संस्कृतिविद् जोशीको मुटुमा पनि समस्या
अस्वस्थ भएर ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीको मुटुमा पनि समस्या देखिएको छ।
संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्था सम्बन्धी अस्पतालले जारी गरेको बुलेटिनमा उनको मुटुमा समस्या देखिएको जनाएको छ। यसअघि मंगलबारको परीक्षणमा उनको छातीमा निमोनिया भएको पाइएको थियो।
उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ। छातीरोग विशेषज्ञ डा. मिलेशजंग सिजापतीको नेतृत्वमा मुटुरोग विशेषज्ञ सहितको टोलीले उपचार गरिरहेको छ। उनलाई अक्सिजन सपोर्टमा राखिएको अस्पतालले जनाएको छ।
९२ वर्षीय जोशी छाती दुखेपछि मंगलबार अस्पताल भर्ना भएका थिए।