निर्वाचनमा गठबन्धन दल मिल्नु पर्छः एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सत्तारुढ दललाई एकताबद्ध भएर भाग लिन आव्हान गरेको छ।
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्न आव्हान गरेको हो।
“एकता कायम राख्दै गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित गर्नुपर्दछ” एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालद्वारा मंगलबार जारी विज्ञप्तीमा भनिएको छ, “गठबन्धनमा सामेल सबै दललाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आव्हान गर्दछ।”