पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा वर्षा
पश्चिमी वायुको प्रभावले आज पनि पहाडी भूभागा वर्षाको सम्भावना रहेको छ भने तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहने विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। प्रदेश १ का पूर्वि तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी, बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाकी प्रदेशमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यससँगै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।