सुबिसुको वार्षिकोत्सवमा रक्तदान
सुबिसुको २१औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रेडक्रससँगको सहकार्यमा २१ स्थानमा रक्तदान गरिएको सुबिसुले जनाएको छ।
बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौंडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट, चपुरमा रक्तदान गरिएको हो।