५८ वर्षीयमा ओमिक्रोन भेरियन्ट पुष्टि
नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले ५८ वर्षीयमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएकी हुन्।
मिश्राका अनुसार, पछिल्लो २४ घण्टामा दुई हजार ३८ जनाको जिन सिक्वेन्सिङ गर्दा २२ जनामा डेल्टा र एक जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो।
२४ घण्टामा कुल सात हजार २३३ जनाको परीक्षण गरिएको थियो। जसमध्ये २३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २७२ जना सङ्क्रमणमुक्त भएका छन्। त्यस्तै, दुई जनाको मृत्यु भएको छ।
* ५८ हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएकाे छ।