काठमाडौं महानगरमा ५० वर्षमाथिका नागरिकलाई खोप लगाइँदै
काठमाडौं महानगरपालिकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइँदै छ।
चीनबाट ल्याइएको खोप भेरोसेल लगाउन लागिएकाे महानगरले जनाएको छ। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने भएकाे छ।
खोप लगाउनका लागि काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकिएका छन्। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन महानगरले अनुरोध गरेको छ।
ज्येष्ठ नागरिकलाई खोप लगाउन सहज हाेस् भनेर महानगरका सबै वडामा खोप केन्द्र तोकिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जनाएका छन्। उनले सूचना जारी गरी खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा वडाबाट उमेर प्रमाणित हुने कागजपत्र लिएर आउन आग्रह गरेका छन्।
आज बिहान १० बजेदेखि बेुलका ५ बजेसम्म खोप लगाइने महानगरले जनाएको छ।
काठमाडौं महानगरपालिकामा खोप केन्द्रः