फूटबलर भण्डारीको खुट्टाको सफल शल्यक्रिया
स्टार फूटबल खेलाडी सावित्रा भण्डारीको खुट्टाको शल्यक्रिया सफल भएको छ।
उनको बिहीबार कतारमा शल्यक्रिया गरिएको अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। “सावित्राको खुट्टाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ,” अध्यक्ष शेर्पाले भने।
फूटबल खेलाडी भण्डारीको कतारस्थित अस्पेटर अस्पतालमा शल्यक्रिया गरिएको हो। उनले अब उपचारका क्रममा केही महीना कतारमै बस्नुपर्ने अध्यक्ष शेर्पाले बताए।
उनी गत वर्ष राष्ट्रिय महिला लिगमा घाइते भएकी थिइन्। उनको दाहिने घुँडामा चोट लागेको थियो। नेपालमा उपचार सम्भव नभएपछि उनी दुई साताअघि कतार गएकी थिइन्।