नबिल ब्याङ्क नेपाल बास्केटबल लिगको ब्याङ्किङ साझेदार
नबिल ब्याङ्क नेपाल बास्केटबल लिगको ब्याङ्किङ साझेदार बनेको छ ।
बास्केटबल खेलमा युवाहरूको सक्रियता प्रवद्र्धन गर्नका लागि नबिल ब्याङ्कले र प्ले फर डेलिभर्ड चिल्ड्रेन, नेपालसँग सम्झौता गर्दै बास्केटबल लिगको ब्याङ्किङ साझेदार बनेको हो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान सदिना श्रेष्ठ र सधीश प्रधानको उपस्थितिमा नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र प्ले फर डेलिभर्ड चिल्ड्रेन नेपालका अध्यक्ष अरुण कार्कीले एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे ।
१५ वैशाखदेखि शुरु बास्केटबल लिग साउन ६ मा समापन हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजयी टोलीले क्रमशः रु २ लाख रु १ लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
कार्यक्रममा नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपाल बास्केटबल लिगको ब्याङ्किङ साझेदार बन्न पाउँदा ज्यादै खुशी लागेको बताए ।
उनले भने, “हामी विश्वस्त छौं कि यो प्रतियोगिताको संरचनाले बास्केटबल खेललाई देशैभर राम्रो गति प्रदान गर्ने कुरामा दुई मत नहोला ।”
उनले लिगको हिस्सेदार बन्न पाउनु नबिल ब्याङ्कको सौभाग्य भएको पनि बताए । “नबिल बैंकले यो प्रतियोगिता वास्तवमै अविस्मरणीय रुपमा सम्पन्न होस् भन्ने अपेक्षा राख्दछ ।” उनले भने ।