कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी, कम साइडइफेक्ट भएको र सबै उमेरका मानिसमा प्रयोग गर्न सकिने
कोरोना नियन्त्रयणमा उपयोगी देखिएको भ्याक्सिनको अन्तिम चरणको ट्रायलबाट संक्रमित बिरामीमा प्रयोग गर्न ९५ प्रतिशत प्रभावकारी रहेको देखिएको छ।
टेलिग्राफ यूकेले प्रकाशित गरेको समाचार अनुसार यो भ्याक्सिनको सुरक्षा जाँचहरू पनि भइसकेको उत्पादक कम्पनिबाट प्राप्त तथ्यांकका आधारमा भनिएको छ। बेलायतमा भ्याक्सिन यो वर्षको अन्तिमसम्ममा आइपुग्ने टेलिग्राफले जनाएको छ।
खोप निर्माता कम्पनी फाइजर र जर्मनको साझेदार कम्पनि बायोनटेक एसईले विकास गरेको खोपको प्रभावकारीता सबै उमेर र जातीको जनसंख्यामा भएको बताइएको छ। यो खोपबाट कुनै ठूलो साइडइफेक्ट नहुने दाबी पनि गरिएको छ। ४३ हजार व्यक्तिमा भ्याक्सिन ट्रायलपछि उनीहरूमा गरिएको अन्तिम चरणको विश्लेषणबाट उक्त कुरा सार्वजनिक भएको हो।
टेलीग्राफका अनुसार कम्पनिले भ्याक्सिनलाई विश्वव्यापी रुपमा व्यापक मात्रामा प्रयोग गर्न सकिन्छ भन्ने संकेत दिएको छ। अमेरिकाको साइन्स म्यागेजीनले अनलाइन संकरणमा भ्याक्सिन ट्रायलमा भएको पछिल्लो प्रगतिबारे समाचार प्रकाशित गर्दै भ्याक्सिजनको ट्रायल पूरा भएको जनाएको छ।
फाइजर र बायोनटेक एसई कम्पनिले संयुक्त रुपमा १८ नोभेम्बरमा जारी गरिएको प्रेस विज्ञप्तीमार्फत भ्याक्सिनका लागि आवश्यक अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले आपत्कालि प्रयोगका लागि अनुमति दिन बनाएको मापदण्ड अनुसारको सबै सुरक्षा मापण्दड पूरा भएको दाबी गरिएको छ ।
कोरोना भाइरसको जोखिममा रहेका ६५ वर्षभन्दा माथिका व्यक्तिमा यो खोप ९४ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको हो। यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारि देखिएको भन्ने प्रारम्भिक विवरण सार्वजनिक भएको एक हप्तापछि यसको पछिल्लो विश्लेषण बाहिर आएको हो।
यो भ्याक्सिनलाई नयाँ प्रविधि प्रयोग गरेर विकसित गरिएको हो, जसलाई मेसेन्जर आरएनए भनिन्छ। कम्पनीका अनुसार प्रायः भ्याक्सिनका कारण हल्का र मध्यम खालका साइड इफेक्टहरू देखिए पनि ती छिट्टै हट्ने खालका हुन्छन्।
कम्पनीले केही दिनभित्र पछिल्लो नतिजाहरूका तथ्यांकहरू एफडिए लगायतका विश्वका अन्य नियमनकारी निकायहरूलाई पठाउने जनाएको छ।