राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त
![राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त](https://www.himalkhabar.com/uploads/posts/800X600/Tika-Dhakal_1599469584.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सूचना तथा सञ्चार विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छन्।
ढकाल आइतबार, २१ भदौदेखि लागू हुनेगरी राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त भएका हुन्। उनलाई सूचना र सञ्चार विज्ञ सल्लाहकारसँगै तोकिएका अन्य जिम्मेवारीसमेत पूरा गर्न राज्यमन्त्री सरहको सेवासुविधा पाउनेगरी नियुक्त गरिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो।
कूटनीतिक क्षेत्रमा समेत काम गरेका ढकालले पछिल्लो समय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा स्तम्भ लेख्दै आएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका माधव शर्मा केही समयअघि त्यो जिम्मेवारीबाट विदा भएका थिए।
ढकालले आइतबारदेखि नै तोकिएको जिम्मेवारी सम्हालेको हिमालखबरलाई बताए।