लगानी सम्मेलन शुरु
विदेशी लगाउन भित्र्याउनका लागि सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि शुरू भएकाे छ ।
लगानी बोर्डको आयोजनामा काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा भर्खरै शुरु भएकाे सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे उदघाटन गरे । प्रधानमन्त्री लगानी बोर्डको अध्यक्ष हुन् ।
सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले विकास र समृद्धिका लागि अघि सारेका कार्यक्रम र लगानीका क्षेत्रहरु बारेमा जानकारी दिए ।
आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी ७७ वटा परियोजनाहरुमा लगानीका लागि लगानीकर्ताहरुसंग प्रस्ताव राख्ने कार्यक्रम छ ।
सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ ।
सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिँदै प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।