सीसीएमसीकै कर्मचारीमा कोरोना संक्रमण, ईश्वर पाेखरेलसहित तीन मन्त्रीको स्वाब संकलन
![सीसीएमसीकै कर्मचारीमा कोरोना संक्रमण, ईश्वर पाेखरेलसहित तीन मन्त्रीको स्वाब संकलन](https://www.himalkhabar.com/uploads/posts/800X600/corona_test_1597852450.jpg)
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन मन्त्रीको स्वाब संकलन गरिएको छ।
सीसीएमसीका संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको स्वाब संकलन गरिएको हो। आज बिहान तीनै जना मन्त्रीको स्वाब संकलन गरिएको छ।
स्रोतका अनुसार, तीनै जना मन्त्रीको स्वाब रिपोर्ट आजै आउनेछ। तीनै जना मन्त्रीका सचिवालय सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको छ।
छाउनीमा सीसीएमसीको बैठक व्यवस्थापनमा खटिएका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रीहरु पोखरेल, थापा र ढकाल आइसोलेसनमा बसेका छन्। पोखरेल र थापा आइसोलेसनमा बसेकाले आज बोलाइएको नेकपा सचिवालयको बैठक समेत स्थगित गरिएको छ।