राष्ट्रिय सभाका समिति सभापतिहरूको निर्वाचन शुक्रबार
![राष्ट्रिय सभाका समिति सभापतिहरूको निर्वाचन शुक्रबार](https://www.himalkhabar.com/uploads/posts/1596282866samsad.jpg)
राष्ट्रिय सभाका चारवटै समितिका सभापतिको लागि शुक्रबार (२३ साउनमा) निर्वाचन हुने भएको छ। संघीय संसद सचिवालयले आज निर्वाचन कार्यतालिका प्रकाशित गर्दै शुक्रबार दिउँसो १ बजे निर्वाचन हुने कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको हो।
सूचना अनुसार बिहीबार सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गर्नसक्ने छन्।
त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ भने त्यसपछि सोही दिन सूची प्रकाशन गरिने कार्यतालिका छ।
शुक्रबार दिउँसो १ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने र त्यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रममा उल्लेख छ।
![](/uploads/shares/2020/00 15 saun/rastriya sabha.jpg)