महिला एसिया कपः पहिलो खेलमा नेपाल पराजित
बैंककमा जारी महिला एसिया कप टी–ट्वान्टी क्रिकेटको आफ्नो पहिलो खेलमा टीम नेपाल पाकिस्तानसँग पराजित भएको छ । ११ मंसिरमा भएको खेलमा नेपाल ९ विकेटले पराजित भएकाे हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभरमा अलआउट हुँदा जम्मा ४७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ११ रन बनाइन् ।
एसिया कपमा पाँचौ पटक सहभागी पाकिस्तानले नेपालले दिएको लक्ष्य एक विकेटको क्षतिमा १० ओभरमै पुरा गरेको हो ।
नेपालले अर्को खेल १३ मंसिरमा श्रीलंकासँग खेल्नेछ ।