अर्थ/बजार शुक्रबार, साउन ९, २०७७

मुक्तिनाथ विकास ब्यांकको छुटैछुट अफर

हिमालखबर

मुक्तिनाथ विकास ब्यांकको छुटैछुट अफर

मुक्तिनाथ विकास ब्यांकले ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ब्यांकले सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु दिने घोषणा गरेको छ।

न्यूनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृती, नियमित किस्ता तिरे ब्याजमा दश प्रतिशत छुट, कर्जा सेवा शुल्क अधिकतम एक प्रतिशत रहने ब्यांकले जनाएको छ। यस्तै बिना सुरक्षण शुल्कमा लकर सुविधा समेत दिइनेछ।

असार मसान्तको कर्जा तिर्न बाँकी सावा र ब्याज साउन मसान्तसम्म चुक्ता गरेमा ब्याजदर दुई प्रतिशतसम्म छुट दिइने ब्यांकले जनाएको छ।

प्रतिकृया दिनुहोस