ट्वान्टी–ट्वान्टी विश्वकप एक वर्ष स्थगित
आईसीसीले यो वर्ष हुने तय भएको ट्वान्टी–ट्वान्टी विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ। प्रतियोगिता स्थगित हुने अनुमान यसअगाडि बाटै हुँदै आए पनि सोमबार बसेको आईसीसीको बैठकले एक वर्ष स्थगित गर्ने निर्णय गरेको हो।
अष्ट्रेलियामा यो वर्षको अक्टोबर–नोभेम्बरमा हुने तय भएको विश्वकप एक वर्ष धकेलिएको हो। एक वर्ष पछाडि अक्टोबर–नोभेम्बरमै विश्वकप हुनेछ। ट्वान्टी–ट्वान्टी विश्वकप स्थगित भएकाले इण्डियन प्रिमियर लिग (आईपीएल) भने हुने संभावना बढेको छ।
आईपीएल यूएईमा गर्ने चर्चा भइरहेको छ। तर, कुनै निर्णय भने हुन सकेको छैन।