समाचार मंगलबार, असार ३०, २०७७

पहिरोमा परेर स्याङ्जामा गाविसका पूर्व अध्यक्ष रानासहित दुई जनाको मृत्यु

हिमालखबर

पहिरोमा परेर स्याङ्जामा गाविसका पूर्व अध्यक्ष रानासहित दुई जनाको मृत्यु

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घा खहरेमा गएको पहिरोमा परेर साविक बिर्घा गाविसका पूर्व अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार मृत्यु हुनेमा पूर्व अध्यक्ष इमानसिंह राना, र गिमानसिंह राना रहेका छन्।

पहिरोमा परेर स्थानीय टीका थापा र प्रेमचन्द्र पाण्डे बेपत्ता छन् भने हुमनाथ पाण्डे र बुद्धि राना घाइते छन् । आज बिहान ९ बजे खहरेमा पहिरो हेर्न गएका वेला पूर्व अध्यक्ष रानासहित उनीहरू पहिरोमा परेका थिए।

बेपत्ताको खोजी कार्य जारी रहेको गाउँपालिका अध्यक्ष थापाले बताए।

प्रतिकृया दिनुहोस