भारतसँगको सीमा विवादसम्बन्धी प्रमाण संकलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन
सरकारले भारतसँगको सीमासम्बन्धी विवाद सुल्झाउनका लागि प्रमाण संकलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सीमासम्बन्धी प्रमाण संकलनका लागि विष्णुराज उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो।
मन्त्रिपरिषद्को २२ जेठमा बसेको बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरिएको सञ्चार तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
उप्रेतीको नेतृत्वमा बनेको विज्ञ समूहमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपिन अधिकारी, जगत भुसाल, तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईँ र रामप्रसाद सुवेदी सदस्य छन्।
भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र र भारतसँग जोडिएका अन्य क्षेत्रमा रहेका सीमा विवाद सम्बन्धी अध्ययन गरी प्रमाण संकलनको काम गर्नेछ।
विज्ञ समूहको संयोजक उप्रेती नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्षसमेत हुन्।