मन्त्रिपरिषदको नियमित बैठक बेलुका ६ बजे बस्दै
मंगलबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बेलुका ६ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा कोरोना महामारी लगायतका विषयमा छलफल हुनसक्ने सम्भावना रहेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिलाई बन्दाबन्दीको मोडालिटी तयार पार्न कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । जारी बन्दाबन्दी यही महीना सकिदैँछ।
यसअघि आजका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको थियो ।