ईदको सार्वजनिक बिदा सोमबार
सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा आइतबार दिने निर्णय सच्याएर अब सोमबार दिने निर्णय गरेको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले ११ जेठ आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले सूचना निकालेर बिदाको जानकारी दिएको थियो ।
गृहले शनिबार अर्को सूचना निकालेर बिदा सच्याइएको जानकारी दिएको हो । गृहको सूचनामा नेपाल र दक्षिण एसियाभरबाट शनिबार चन्द्रमा नदेखिएका कारण उक्त पर्व १२ जेठमा पर्ने भन्दै मुस्लिम आयोगको अनुरोधमा बिदा सच्याइएको उल्लेख छ ।
फरक–फरक भूगोलमा ईद पर्व पनि फरक पर्ने गरेको छ । सम्बन्धित क्षेत्रका मुख्य मौलानाले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गर्नुपर्छ ।