नेपालको नयाँ नक्शा सार्वजनिक
सरकारले नयाँ नक्शा सार्वजनिक गरेको छ । लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्शा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेकी हुन्।
२ जेठमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले गरेको निर्णयअनुसार, प्रस्तुत नीति तथा कार्यक्रमबाटै लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने घोषणा गरिएको थियो । सोही अनुसार, सोमबारको मन्त्रिपरिषदबाट नेपालको नयाँ नक्शा पारित भएको थियो।
मन्त्री अर्यालले मन्त्रिपरिषदबाट पारित भएको नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । अब नेपालको नक्शा लिम्पियाधुरासम्म कायम भएको छ।
भारत सरकारले लिपुलेक अतिक्रमण गरी चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपाल सरकारले आफ्नो नयाँ नक्शा सार्वजनिक गरेको छ।