मध्यरातमा समाजवादी र राजपा बीच पार्टी एकता घोषणा
समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकताको घोषणा भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ ।
एकीकृत नयाँ पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र निर्वाचन चिन्ह राजपाले प्रयोग गर्दै आएको हुने सहमति भएको छ । पार्टी एकीकरण समानताको आधारमा हुने उल्लेख गरिएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकबाट पार्टी एकीकरणको घोषणा गरिएको छ ।