विद्युत महसुलमा राय माग्न सार्वजनिक सुनुवाइ
नयाँ विद्युत महसुल निर्धारणका लागि सर्वसाधारणको राय सुझाव लिने उद्देश्यले विद्युत नियमन आयोगले अनलाइन सार्वजनिक सुनुवाइ गर्ने भएको छ।
नेपाल विद्युत प्राधिकरणले विद्युतको महसुल निर्धारणका लागि प्रस्ताव विद्युत आयोग समक्ष पेश गरेको छ ।
प्राधिकरणले पेश गरेको प्रस्ताव आयोगले स्वीकृत गरेपछि विद्युतको नयाँ महसुल निर्धारण हुने छ।
प्राधिकरणले १० युनिटसम्म विद्युत प्रयोग गर्ने प्रयोगकर्तालाई निशुल्क रूपमा विद्युत उपलब्ध गराउने प्रस्ताव गरेको छ । त्यसैगरी ११ युनिटदेखि ४० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकलाई प्रतियुनिट रु ७ प्रस्ताव गरेको छ । आयोगले सर्वसाधारणलाई सुझाव दिन खुला रूपमा आह्वान गरेको छ ।
७ वटै प्रदेशमा सुनुवाइको आयोजना गर्ने तयारी गरेको भएपनि कोरोना भाइरसका कारण प्रदेश स्तरीय सुनुवाइ स्थगित गरिएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए।
उनले कोरोना भाइरस ९कोभिड –१९०को प्रभावलाई ध्यान दिएर अनलाइनबाट समेत उपभोक्ता तथा सरोकारवालाहरुको प्रतिक्रिया लिने व्यवस्था गरिएको बताए। आयोगको वेवसाइटमार्फत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन आग्रह समेत गरे।
सार्वजनिक सुनुवाइबाट प्राप्त रायरसुझाव र प्रतिक्रियाको आधारमा नेपाल विद्युत प्राधिकरणको लागत कम गर्ने गरी विद्युत् महसुल निर्धारण गरिने समेत उनले बताए।
नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई १३ भागमा वर्गीकरण गरेर विद्युत महसुल प्रस्ताव गरेको छ । आयोगले आगामी चैत १४, १६ र १७ गते काठमाडौंमा सार्वजनिक सुनुवाइको आयोजना गरेको हो।