खेलकुद बुधबार, फागुन २१, २०७६

नेपाललाई थाइल्याण्डले दियो ६७ रनको चुनौती

हिमालखबर

नेपाललाई थाइल्याण्डले दियो ६७ रनको चुनौती

एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्डले नेपाललाई रनको सामान्य चुनौती दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको थाइल्याण्डले अलआउट हुँदै ६६ रन जोड्यो । नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछानेले एक र भुवन कार्कीले एक विकेट लिए ।

नेपालको राष्ट्रिय टीममा भुवन कार्कीले भने शानदार डेब्यू गरेका छन् । थाइल्याण्ड विरुद्ध डेब्यू गरेका उनले पुरा चार ओभर बलिङ गर्दै ६ रन खर्चिएर एक विकेट लिएका छन् ।

यसअघि दुवै खेलमा पराजित नेपाल पहिलो जितको खोजीमा छ । नेपाल भन्दा एक खेल बढी खेलेको थाइल्याण्ड पनि पहिलो जितको खोजीमा छ ।

सिंगापुर, मलेसिया र हङकङ भने समान चार–चार अंक सहित पहिलो, दोस्रो र तेस्रो स्थानमा छ । दुई खेलमा पराजित भइसकेकाले नेपाल एसिया कप छनोट खेल्ने संभावना न्यून छ ।

 

प्रतिकृया दिनुहोस