कलंकीमा ट्रकले एकसाथ नौ सवारी साधनलाई ठक्कर दिदा एक जनाको मृत्यु
थानकाेटबाट तीव्र गतिमा आएको ट्रकले काठमाडौंको कलंकीमा एक साथ नौ सवारी साधनलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
स्कुटर चालक चितवन टाँडीका शमशेर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । दुई जना गम्भीर घाइते भएका छन् ।
ना २ ख २८७१ नम्वरको ट्रकले मोटरसाइकल, स्कूटर, स्कारपियो, पिकअप भ्यान र ट्याक्सीलाई ठक्कर दिएको हो । ट्रक चालक सर्लाहीका वीरेन्दकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।