कमिशन प्रकरणमा संलग्नता छैनः स्वीस दूतावास
अडियोमा दूतावासको नाम मुछिएपछि नेपालस्थित स्वीट्जरल्याण्डको दूतावासले प्रेस वक्तव्य मार्फत खण्डन गरेको छ ।
निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे दूतावासले चासो देखाएको हो ।
दूतावासले कुनै बैठकको आह्वान नगरेको र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविष्यमा कुनै छलफल तोकिएको छैन भनी उल्लेख गरेको छ।
वक्तव्यमा स्वीस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावासलाई जानकारी र संलग्नता नभएको उल्लेख गरेको छ ।