संयुक्त घुम्ती बीमा सेवा सञ्चालन
प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् ।
बीमा समितिद्वारा जारी शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम घरदैलो पुगेर बीमा सेवा शुरु गरेको कम्पनीले जनाएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले बर्दियाको ठाकुरबाट यो सेवाको उद्घाटन गरे । त्यस अवसरमा अध्यक्ष चापागाँइले बीमाबारे आम जनता माझ सरल रुपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन घुम्ती सेवा शुरु गरेको बताए ।