ज्योतिलाइफ इन्स्योरेन्सद्वारा घातक रोग उपचारका लागि २० लाख सहयोग
ज्याेतिलाइफ इन्स्योरेन्सले घातक रोगको उपचारका लागि काभ्रेका सलिम श्रेष्ठलाई २० लाख रुपैयाँ रकम सहयोग गरेको छ ।
ज्योतिलाइफ इन्स्योरेन्स हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरुको उपचारका लागि रु.५० लाख सम्मको उपचार सुविधा सहित जीवन बीमा योजना जारी गर्ने नेपालको एकमात्र बीमा कम्पनी हो ।
रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख श्रीप्रकाश विक्रम खत्रीले ज्योतिलाइफ इन्स्योरेन्स सर्वाधिक घातक रोगहरुको उपचार सुविधा प्रदान गर्ने पहिलो नेपाली बीमा कम्पनी भएको र संयोगबस विश्व क्यान्सर दिवसकै दिन उपचार खर्च दिन पाउँदा कम्पनीको नारा सार्थक भएको बताए ।