सिरि ए मा तीन टिम दश खेलाडीमा सीमित, इन्टर मिलान बराबरीमा रोकियो
सिरि ए मा आइतबार साँझ सकिएको खेलमा तीन टिम दश खेलाडीमा सीमित हुन पुगे ।
इन्टर मिलान, सासौंलो र लिक्कीका खेलाडीले रातो कार्ड पाएका थिए । मिलान र सासौंलो दश खेलाडीमा सीमित भए पनि बराबरीमा रोकिए ।
तर, लिक्की दश खेलाडीमा सीमित भएको फाइदा भेरोनाले उठायो । लिक्कीका क्रिस्टेन ६७औं दोहोरो पहिलो कार्ड पाउँदै बाहिरिए पछि भेरोना ३–० ले जित निकाल्यो ।
खेलको २९औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि ७८औं मिनेटमै कागलिरीले गोल फर्कायो । निर्धारित समयमा एक–एक गोलको बराबरी भए पनि थपिएको समयमा मिलानका लौटारो मार्टिनेज र टोम्मासो बेर्नी रातो कार्ड पाउँदै बाहिरिएका थिए । खेल भने बराबरीमा सकियो ।
अर्को खेलमा सासौंलो खेलको २५औं मिनेटमा दश खेलाडीमा सीमित भए पनि साम्प्डोरिया सँग गोल रहित बराबरीमा खेलेको छ ।