भरत खवास घाइते हुँदा मैदानमै पुग्यो एम्बुलेन्स
जारी शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी र संकटा क्लब बराबरीमा रोकिएको छ ।
पाँचौं चरणको अन्तिम खेलमा आर्मी र संकटा एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आर्मीका लागि २९औं मिनेटमै नवयुग श्रेष्ठले गोल गरे । नवयुगको गोलमा अग्रता लिएको आर्मीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो ।
दोस्रो हाफमा आर्मी १० खेलाडीमा सीमित हुन पुग्यो । आर्मीका युद्ध शाही दोहोरो पहिलो कार्डमार्फत मैदानबाट बाहिरिएका थिए । शाही बाहिरिए पछि दबावमा आएको आर्मी विरुद्ध अमित तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८०औं मिनेटमा नवयुगलाई रिप्लेस गर्दै कप्तान भरत खवास दोस्रो हाफमा मैदान छिरेका थिए । तर, खवासलाई टाउकोमा बलले लागेपछि घाइते हुन पुगे । खवास घाइते भए पछि चिकित्सक सहित एम्बुलेन्स नै मैदानमा छिरेको थियो । तर, खवास एम्बुलेन्समा चढेनन्, हिडेरै बाहिरिए ।