ब्रिटिसका राजदूत इरानमा पक्राउ
युक्रेनी विमान ‘भुलवश’ खसालिएको इरानले स्वीकार गरे पछि तेहरानमा सरकार विरोधी प्रदर्शनका क्रममा ब्रिटिसका राजदूत पक्राउ परेका छन् ।
राजदूत रब मकेयर प्रदर्शनका क्रममा पक्राउ परेका हुन् । उनलाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको छ ।
राजदूत मकेयर पक्राउलाई ब्रिटनले अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन भनेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आयोजित कार्यक्रममा राजदूत मकेयर सहभागी भएका थिए । उक्त सभा प्रदर्शनमा परिणत भएको थियो ।