खेलकुद बुधबार, पुस २३, २०७६

क्रिकेट मैदानमा सन्दीप लामिछानेद्वारा नेपाल भ्रमण वर्षको प्रचार

हिमालखबर

क्रिकेट मैदानमा सन्दीप लामिछानेद्वारा नेपाल भ्रमण वर्षको प्रचार

अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्रतियोगिताहरुमा सन्दीप लामिछाने अनिवार्य सदस्य बनिसकेका छन् ।

सन्दीप अहिले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी आवद्ध टीम मेलबर्न स्टारले खेलेको सात मध्ये ६ खेल्दै ६ विकेट नै लिएका सन्दीपले एक खेल भने घाइते भएकाले गुमाएका थिए ।

Caption

बुधबार दिउँसो १ः५५ बजे सिड्नी थन्डर विरुद्ध सन्दीपले बलिङ गरिरहेका छन् । यो खेलमा भने सन्दीपले नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेका छन् । उनले लगाएको जुत्तामा नेपाल भ्रमण वर्ष २०२० लेखिएको छ ।

जारी खेलमा सन्दीपले नेपाल भ्रमण वर्षलाई प्रचार गर्नेगरी सेलिब्रेसन समेत गरिरहेका छन् । यसअघि सन्दीपले विकेट लिए पछि हात जोडेर नमस्ते शैलीमा सेलिब्रेसन गरेका छन् ।

सन्दीपको टीम मेलबर्नले ६ खेलबाट पाँच जित सहित १० अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस