सन्दीप लामिछाने खेलमा फर्किए, शनिबार मैदान उत्रने
अष्ट्रेलियामा जारी बिग बाग लिग (बीबीएल) मा घाइते भएका कारण बिहीबार सिड्नी थन्डर विरुद्धको खेल गुमाएका सन्दीप लामिछाने खेलमा फर्किएका छन् ।
सन्दीपको टीम मेलबर्न स्टारले सन्दीप खेलमा फर्किएको सन्देश जारी गरेको छ । १३ जनाको नाम सार्वजनिक गर्दै सन्दीप लामिछाने खेलमा फर्किएको उल्लेख गरेको छ । शनिबार दिउँसो १ः५५ बजे मेलबर्न रेनेगेड्स विरुद्ध खेल्दैछ ।
पाँच मध्ये चार खेल जित्दै आठ अंक सहित शीर्ष स्थानमा रहेको मेलबर्न स्टारका लागि सन्दीपले चार खेलबाट तीन विकेट लिएका छन् ।