नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा गजुरेल पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सीमा सीमा मिचिएको विषयबारे ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लाग्दा गजुरेलसहित माओवादीका कार्यकर्ता पक्राउ परेका हुन् ।
ठूलो समूह सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले रोक्ने क्रममा ढुंगामुढा हुँदा प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको जनाइएको छ ।