महिला सवालमा गर्नुपर्ने कामको सुझाव दिन मन्त्री गुरुङको आग्रह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला सवालमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री गुरुङले महिलाका सवालमा गर्नुपर्ने आवश्यकता के के हुन् सरकारलाई आवश्यक सुझाव दिन पनि यस क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुलाई आग्रह पनि गरे ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले भने, ‘मैले यस क्षेत्रमा गर्नुपर्ने के छ सुझाव दिन सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु ।’
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलाहरुलाई मानव अधिकारको प्रत्याभूति दिलाउने काममा सरकार गम्भिर नभएको बताए ।
उनले भने, 'हामी जे पनि नकारात्मक कुराको बढी चर्चा गर्र्छौ तर सकारात्मक दृष्टिकोणबाट हेरौं । हुन बाँकी कामलाई सबै मिलेर हेर्दै जाऔं । मन्त्रालयले आगामी के कस्तो कार्यक्रम, रणनीति ल्याउनु पर्छ भनेर सबैसँग छलफल गर्नेछु ।'
२१औं शताब्दीमा महिला र पुरुष समान हुनुपर्छ, समानता घरबाटै शुरु हुनुपर्ने भन्दै राज्य पनि तयार रहेको मन्त्री गुरुङको भनाइ छ ।