कुस्तीमा जित्यो नेपालले स्वर्णपदक
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कुस्तीबाट स्वर्णपदक जितेको छ ।
नेपालकी संगीता धामीले ५५ केजी तौल समूहमा बंगलादेशकी सकिरा रेमीलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् ।
संगीताले जनकपुरमा भएको फाइनल खेलमा ५–१ अन्तरले सकिरालाई पराजित गरेकी हुन् । योसँगै नेपालको स्वर्णपदकको संख्या ४३ पुगेको छ ।