१३ औं साग पुरुष फुटबलमा नेपाल माल्दिभ्सविरुद्धकाे खेलमा २–१ ले विजयी
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल माल्दिभ्सविरुद्धकाे खेलमा २–१ ले विजयी भएकाे छ ।
खेलको १८औं मिनेटमा मालदिभ्सका इब्राहिम गोल गरेका थिए । नेपालका लागि अभिषेक रिजालले पहिलो हाफको अन्त्यमा बराबरी गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ १–१ को गोलको बराबरीमा सकिएको थियो । नेपालले त्यसअघि पनि केही राम्रा अवसर पाएको थियो । तर त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।
दोस्रो हाफको शुरुमै नेपालका अनन्त तामाङले अर्को गोल गर्दै मालदिभ्सविरुद्ध २–१ काे नेपालले अग्रता लिएको थियाे। त्याे गाेल नै निर्णायक बन्न पुग्याे ।
अब अर्काे खेल भाेलि नेपालले बंगलादेशसँग खेल्नेछ ।