सागको तयारीमा पोखरा (तस्वीरहरु)
आइतबार उद्घाटन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश २६ मध्ये आठ खेल पोखरामा हुँदैछ ।
महिला फुटबल, क्रिकेट, ह्याण्डबल, बीच भलिवल, भारोत्तोलोन, ब्याडमिन्टन लगायत खेल पोखरामा हुनेछ । धेरै खेल सोमबारबाट शुरु हुनेछ । महिला फुटबल भने १९ मंसीरबाट शुरु हुनेछ । जसका लागि ढिलै भए पनि पोखरामा आकर्षक रंगशाला निर्माण लगभग सकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्राविधिक तयारीका कारण कुनै खेल प्रभावित नहुने दावी गरेको छ । विषेशगरी रंगशाला निर्माणको कार्यलाई राखेपले जोड दिएको छ ।
तस्वीरहरु: सुदीप सापकाेटा