डिशहोमको डिशहोम आई टीभी सञ्चालन
डिश मिडिया नेटवर्कले आई टीभीको सेवा शुरू गरेको छ। डिशहोम आई टीभीको सेवा शुरूआतसँगै ग्राहकले डीटीएच जस्तै गुणस्तरीय र उत्कृष्ट सेवा पाउने कम्पनीले बताएक छ।
नेपालको एक मात्र डीटीएच सेवाप्रदायक डिश मिडिया नेटवर्कले १२ वर्षदेखि सेवा दिंदै आएको छ। २०६७ सालमा होमटीभीको नाममा सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा सेवा सञ्चालनमा आएको थियो।
पे टीभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न केबल टीभी, इन्टरनेट, टेरेस्ट्रियल (टी२) टीभी र आई टीभीमा समेत सेवा विस्तार गरेको जनाएको छ।
डीटीएच र टेरेस्ट्रियल (टी२) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकोल बेस्ड आई टीभीमा सर्ट टीभी, रमाइलो टीभी, गुञ्जन, सिने हिट्स, जुनियर टीभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानल लगायत २०० भन्दा बढी टिभी च्यानल, पाँच हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्ट, भिडिओ अन डिमान्ड, क्याच–अप टीभी/स्टार्ट ओभर टीभी, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचरहरू उपलब्ध रहेको जनाएको छ।