राप्रपाले उपसभामुखमा गठबन्धनको उम्मेदवारलाई समर्थन नगर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुखमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी पुष्पा भुसाल गौतमलाई समर्थन नगर्ने नभएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गठबन्धनका उम्मेदवारलाई भोट नदिने बताएका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाट विद्या भट्टराईले उम्मेदवारी दिएकी छन्।