उपसभापतिमा ४२५८ मत गन्दा खड्कासँगै धनराज गुरुङले पनि लिए अग्रता
नेपाली कांग्रेसको उपसभापतिमा ४२५८ मतगणना हुँदा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन्। गुरुङले चार मतले विजयकुमार गच्छदारलाई उछिनेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४२५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले १८६५, धनराज गुरुङले १६९३ र विजयकुमार गच्छदारले १६८९ मत पाएका छन्।
उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी १४३२ मत सहित चौथो स्थानमा छन्। सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह धेरै पछाडि छन्।
कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मतदान गरेका थिए।
उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भइरहेको छ। सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा भएको थियो।
कांग्रेस उपसभापतिमा सात जना उम्मेदवार छन्। पहिलो र दोस्रो हुने उपसभापतिमा निर्वाचित हुनेछन्।