भाटभटेनीमा आइएमई पेको क्यासब्याक अफर
भाटभटेनी सुपर स्टोरमा किनमेल गर्दा आइएमई पे मार्फत भुक्तानी गरेपछि क्यासब्याक पाइने भएको छ।
भाटभटेनी र आइएमई पेले गरेको सम्झौता अनुसार, २० प्रतिशत वा रु.३०० सम्म क्यासब्याक पाइने भएको हो। यो सम्झौता देशभरका भाटभटेनी स्टोरमा लागू हुनेछ।
आइएमई पेबाट भुक्तानी गर्दा ग्राहकले अधिकतम ३०० रुपैयाँसम्म फिर्ता पाउनेछन्। करीब ३५ हजार एजेन्ट आउटलेट भएको आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो।