कोरोना संक्रमित सांसदले मतदान गर्न पाउने
प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत सम्बन्धी प्रस्तावमा कोरोनाभाइरस संक्रमित सांसदले पनि मतदान गर्न पाउने भएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदलाई पनि व्यवस्थित तरिकाले मतदानमा भाग लिन पाउने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।
संसद् सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भानुभक्त ढकाल, जुली महतो, रघुवीर महासेठ, लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, महेश बस्नेत, दीपकप्रकाश भट्ट, बीना मगर, नरमाया ढकाल लगायत २७ सांसद संक्रमित छन्। २७ वैशाखमा विश्वासको मत लिने प्रयोजनका लागि संसद् अधिवेशन आह्वान गरिएको छ।